‘लन्डन टु पेरिस’को गीत ‘खुल्ला आकाश’

हिमाल प्रेस २७ चैत २०८० १४:१९
14
SHARES
‘लन्डन टु पेरिस’को गीत ‘खुल्ला आकाश’

काठमाडौँ- फिल्म ‘लन्डन टु पेरिस’ को ‘खुल्ला आकाश’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। हर्कुलश बस्नेतको शब्द रहेको गीतमा उनकै स्वर र संगीत छ। गीतको मिक्सिङ तथा मास्टरिङ सक्षम श्रेष्ठले गरेका हुन्।

गीतको भिडियोमा फिल्मका कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह र निश्चल खड्काको रोमान्टिक नृत्य देख्न सकिन्छ। प्रेमकथामा आधारित फिल्ममा अन्य कलाकार कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायतको अभिनय छ।

आगामी जेठ २५ मा प्रदर्शन हुने फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। प्रदीप भारद्धाजले फिल्मको कथा, पटकथा र संवाद लेखेका छन्। फिल्मका निर्मातामा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना  छन्। फिल्म भेद परवले छायांकन र सजु चन्द्रनले सम्पादन गरेका हुन्।

एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्सन र अर्चिड भेस फिल्सम्को ब्यानरमा बनेको छ।

 

प्रकाशित: २७ चैत २०८० १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =