स्टार्टअप उद्यमीलाई २५ लाख कर्जा, उद्योग विभागले माग्यो प्रस्ताव

हिमाल प्रेस १६ चैत २०७९ १५:४५
12
SHARES
स्टार्टअप उद्यमीलाई २५ लाख कर्जा, उद्योग विभागले माग्यो प्रस्ताव

काठमाडौँ- उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ। विभागले बिहीबार सूचना जारी गर्दै नवीनतम् सोच, सीप र क्षमता भएका व्यक्तिले २१ दिनभित्र कर्जाको मागसहित परियोजना प्रस्ताव पठाउनुपर्ने जनाएको छ।

यसका लागि गत साता सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ बनाएको थियो। कार्यविधिअनुसार ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा सरकारले दिनेछ। यसका लागि कुनै धितोको आवश्यकता पर्ने छैन। स्टार्टअप व्यवसायीले अधिकतम ७ वर्षसम्म उक्त कर्जा उपयोग गर्न पाउनेछन्।

विभागले कृषि तथा पशुपन्छी, वन, पर्यटन, विज्ञान प्रविधि, स्वास्थ्य, शिक्षा, यातायात, खनिजलगायतका क्षेत्रमा आधारित व्यवसायलाई प्रस्ताव पठाउन आग्रह गरेको छ।

सहुलियतपूर्ण कर्जा पाउनको लागि आजको मितिभन्दा पहिला दर्ता भई सञ्चालनमा रहेको र सञ्चालन भएको ७ वर्ष पूरा नभएको हुनुपर्नेछ। जसको पुँजी ५० लाखभन्दा बढी नभएको, वार्षिक कुल आयत ५० लाख बढी नभएको, स्थिर पुँजी २ करोडभन्दा बढी नभएको हुनुपर्नेछ।

प्रकाशित: १६ चैत २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =