बागमतीका मुख्यमन्त्रीको प्रस्ताव : अब देखिने गरी काम गरौँ

हिमाल प्रेस १५ चैत २०७९ ९:१०
बागमतीका मुख्यमन्त्रीको प्रस्ताव : अब देखिने गरी काम गरौँ

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्। बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए।

मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे। ‘वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ’, उनले भने। जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो।

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताउए।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा सहरलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले विशेषरूपमा सहयोग गर्न आवश्यक रहेको बताए।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले काठमाडौँको वैकल्पिक सहरका रूपमा विकास हुँदै गएको बनेपा नगरपालिकालाई प्रदेश सरकारले सहरी विकास आयोजनामार्फत व्यवस्थित सहर निर्माणको काममा सहयोग गर्न माग गरे।

प्रकाशित: १५ चैत २०७९ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =