बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको लिँदै

हिमाल प्रेस ३ माघ २०७९ ७:१३
4
SHARES
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको लिँदै

काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार प्रदेशसभामा विश्वासको मत लिँदैछन्।
संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। आज मंगलबार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

जम्मकट्टेल गत पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।

उनी प्रदेशसभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई मुख्यमन्त्रीमा नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

प्रकाशित: ३ माघ २०७९ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =