कलाकारमाथि साइबर हमला बढ्यो : भुवन केसी

हिमाल प्रेस १४ चैत २०७९ १७:५७
6
SHARES
कलाकारमाथि साइबर हमला बढ्यो : भुवन केसी फाइल तस्बिर।

काठमाडौँ- चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूमाथि साइबर हमला बढेको बताएका छन्। मंगलबार चलचित्र विकास बोर्डले काठमाडौँमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटिसम्बन्धी कार्यक्रममा उनले कालाकारको गोपनीयता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका हुन्।

प्रविधिले अन्तरक्रिया सहज भएसँगै समस्या पनि बढिरहेको उनको भनाइ थियो। प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको उनले बताए। साइबर हमलाको समस्याको सामाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइन स्थापना गर्ने नीति लिएको उनले बताए।

साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने उनले औंल्याए। नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रूपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए। टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटकबाट नै सार्वजनिक हुने गरेको बताए।

प्रकाशित: १४ चैत २०७९ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =