भ्रष्टाचार न्यूनीकरण गर्न कलाकारहरूले गराए गृहमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस १४ जेठ २०८० ६:३८
4
SHARES
भ्रष्टाचार न्यूनीकरण गर्न कलाकारहरूले गराए गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- नेपाल चलचित्र कलाकार संघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट गरेर भ्रष्टाचार, दण्डहीनता, अनियमितता न्यूनीकरणका सम्बन्धमा ध्यानाकर्षण गराएको छ । स‌ंघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

संघको परिचयपत्रवाहक कलाकारलाई सिंहदरबारलगायतका प्रशासनिक केन्द्र प्रवेशमा सहजता माग गरिएको ध्यानाकर्षणपत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ।

विशिष्ट चलचित्रकर्मीलगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौँ रकम सिभिल सहकारीले अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन अनुरोध गरिएको छ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको सुशासन र विकासका लागि बाधक तत्त्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउँदै कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलमा सहभागी संघका अध्यक्ष निरौलाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =