उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

हिमाल प्रेस १४ चैत २०७९ ७:२८
2
SHARE
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

महोत्तरी- महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा मंगलबार एकाबिहानै छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न गरिँदैछ।

सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ उत्सव मनाइएको थियो।

४ दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइँदै आएको छठ पर्वको तेस्रो दिन मंगलबार साँझ तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाभर जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ चैती छठ मनाइएको थियो ।

चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास लगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइयो। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

पर्वको पहिलो दिन शनिवार व्रतालुहरूले नहा खा अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए। पर्वको दोस्रो दिन आइतबार खर्ना मनाएका थिए। खर्नाका दिन व्रतालुहरूले दिनभर उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए। राति अरवा अरबाइन (विना नुन हालेको) खानेकुरा खाएका थिए।

प्रकाशित: १४ चैत २०७९ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =