‘जातीय विभेद अन्त्यका लागि उनीहरू आफैं आन्दोलित हुनुपर्छ’

हिमाल प्रेस ११ चैत २०७९ १७:०४
18
SHARES
‘जातीय विभेद अन्त्यका लागि उनीहरू आफैं आन्दोलित हुनुपर्छ’

काठमाडौँ– लेखक खगेन्द्र संग्रौलाको कथा संग्रह ‘संग्रामबहादुर सार्की’ विमोचन भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज शुक्रबार पुस्तक विमोचन गरिएको हो।

प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि भुपाल राई, लेखक सरिता परियार र लेखक एवम् राजनीति सुधार अभियन्ता युग पाठकले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

पुस्तकमा संग्रौलाले दलित समुदायको विषयमा लेखेका ८ वटा कथाहरू समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताए। उनका अनुसार पुस्तकमा उनले २०२७ सालदेखी २०५५ सालसम्म समाजमा हुने दलितप्रतिको विभेदलाई समेटिएको छ।

पुस्तकबारे चर्चा गर्दै परियारले पुस्तकमा तल्लो र उपल्लो जातबीचको सम्बन्धलाई कथाले भनेको बताइन्।

ब्राह्मण समुदायको लेखकले पञ्‍चायतकालीन समयमा दलित जात व्यवस्थाबारे लेख्नु आफूलाई गर्व महसुस भएको उनको भनाइ छ। अहिलेको समुदायलाई तत्कालीन जात व्यवस्था बुझ्न पुस्तक उपयोगी हुने उनले बताइन्।

यी कथाहरू दलित समुदायको जीवनकथा मात्र नभएर राजनीतिक शक्तिको पनि कथा रहेको पाठकले उल्लेख गरे। ‘यी कथाहरू राजनीतिक आन्दोलनको कथा हो,’ उनले भने।

आन्दोलन छरपस्ट भएको र आवाज कमजोर भएको अहिलेको अवस्थामा पुस्तक विमोचन हुनुले अभियान्ताप्रति उत्साह थपेको उनले बताए।

परिवर्तनको आवाज बोकेर हिँड्ने र पञ्चायतकालीन परिवेश समेटिएको पुस्तकले मात्र जातीय विभेदविरुद्धको आन्दोलन अन्त्य नहुने भन्दै उनले दलित समुदाय स्वयम् नै आन्दोलनमा सरिक हुनुपर्ने स्पष्ट पारे।

कथा संग्रह बेला पब्लिकेशनले संकलन तथा प्रकाशन गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =