एकीकृत समाजवादीको बटमलाइन : तीन मन्त्रालय र एक मुख्यमन्त्री

हिमाल प्रेस ११ चैत २०७९ ९:०९
4
SHARES
एकीकृत समाजवादीको बटमलाइन : तीन मन्त्रालय र एक मुख्यमन्त्री

काठमाडौँ- एकीकृत समाजवादीले सरकारमा सहभागिताका लागि रोजाइको मन्त्रालय र एउटा मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ।
सत्ता समीकरणका ठूला दलहरूले शक्ति बाँडफाँट गरिसकेकाले अबको शक्ति बाँडफाँटमा मन्त्रालय रोज्ने आफ्नो पालो आएको एकीकृत समाजवादीको दाबी छ।

आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित रोजाइको मन्त्रालय र कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री पाउँदा मात्र सम्मानजनक शक्ति बाँडफाँट हुने समाजवादीले तर्क गरेको छ। एकीकृत समाजवादीले गृह मन्त्रालय, खेलकुद मन्त्रालयसहित स्वास्थ्य मन्त्रालयमा अडान राखेको छ।

यदि भागबन्डा चित्त बुझ्दो नभएमा सरकारमा सहभागी नहुने बताएको छ। यस्तै अबको राष्ट्रियसभा अध्यक्ष समेत आफूले पाउनु पर्ने बताएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनमा समेत एक ठाउँ आफूलाई दिनुपर्ने बताएका छन्। वैशाख १० मा हुने तीन क्षेत्र मध्ये एक ठाउँ अनिवार्य समाजवादीलाई दिनुपर्ने खनाल बताउँदै आएका छन्।

सत्तारूढ गठबन्धनभित्र कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, रास्वपाले उपसभामुख र जसपाले उपराष्ट्रपति पद लिएका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यही सेरोफेरोमा केन्द्रित रहेर शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ घन्टा छलफल गरेको बताएका छन्।

 

प्रकाशित: ११ चैत २०७९ ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =