सहरमा आज

पुस्तक विमोचनदेखि चित्रकला प्रदर्शनीसम्म, हलमा विदेशी फिल्मको वर्चस्व

सुस्मिता बजगाईं ११ चैत २०७९ ६:१४
64
SHARES
पुस्तक विमोचनदेखि चित्रकला प्रदर्शनीसम्म, हलमा विदेशी फिल्मको वर्चस्व

काठमाडौँ- पक्कै पनि हप्ताभरिको कामको बोझबाट भुल्न शनिबार बिदा दिइएको हुनुपर्छ। त्यसैले त शनिबार धेरै मानिस घरबाहिर मनोरञ्जन गर्न रुचाउँछन्। उपत्यकामा बस्नेका लागि आजको दिन विभिन्न मनोरञ्जनात्मक गतिविधिमा बित्न सक्छ, फिल्म हल, थियटर र आर्ट ग्यालरीमा जाने हो भने।

सिनेमा हलमा नेपाली, हिन्दी, अंग्रेजी फिल्म प्रदर्शनरत छन्। चित्रकला प्रदर्शनीमा जाने कि फोटोग्राफी महोत्सव हेर्न? या थियटरमा मञ्चन भइरहेका नाटक हेर्ने? त्यो त तपाईँकै इच्छा। साहित्यप्रेमीका लागि चाहिँ पुस्तक विमोचन कार्यक्रम उपयुक्त रोजाइ हुनसक्छ। कुन-कुन ठाउँमा केकस्ता सांस्कृतिक गतिविधि, फिल्म, नाटक, चित्रकला प्रदर्शनी भइरहेका छन् त!

सङ्ग्रामबहादुर सार्की

प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा आज खगेन्द्र संग्रौलाको कथा सङ्ग्रह ‘सङ्ग्रामबहादुर सार्की’ विमोचन हुँदैछ। यो संग्रौलाका दलित विषयक कथाहरूको सङ्ग्रह हो। दिउँसो साढे १ बजे कार्यक्रम सुरु हुनेछ। पुस्तक ‘बेला पब्लिकेसन’ले प्रकाशन गरेको हो। विमोचन कार्यक्रममा वक्तामा भूपाल राई, युग पाठक, सरिता परियार, खगेन्द्र संग्रौला छन्।

ऐँठन

प्रज्ञा प्रतिष्ठानकै डबलीमा विवेक ओझाद्वारा लिखित उपन्यास ‘ऐँठन’ दिउँसो ३ बजे विमोचन हुँदैछ। ‘एँेठन’ ओझाको दोस्रो उपन्यास हो। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको उपन्यास वियोगको कथामा आधारित छ। विमोचनमा वक्ताहरु सुमन घिमिरे, केशव दाहाल र रेणु चन्द छन्।

यौटा सपनाको अवसान

थापागाउँस्थित मण्डला थिएटरमा चैत १० गतेदेखि ‘यौटा सपनाको अवसान’ मञ्चन भइरहेको छ। अनुप बरालको परिकल्पना र निर्देशन रहेको नाटक अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो। आर्थर मिलरद्वारा लिखित यस नाटकलाई कवि विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।

वैशाख १० सम्म चल्ने नाटकमा कलाकार शेखर चापागाईं, मेनुका प्रधान, दीया मास्के, दिव्य देव, सन्देश शाक्य, सारा जे अधिकारी, रोय, जीवन गौतम, अभिषेक खड्का, विशाल पुलामीलगायतको अभिनय छ।

नाटक साताको सोमबारबाहेक हरेक साँझ सवा ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे र बेलुका ५ बजेगरी दुई सो छन्।

शिल्पीमा ‘विमोक्ष’

बत्तीसपुतलीस्थत शिल्पी थिएटरमा ‘विमोक्ष’ मञ्चन भइरहेको छ। नाटककार घिमिरे युवराजद्वारा लिखित नाट्यपुस्तक ‘विमोक्ष’ मा आधारित फागुन नाटक १७ गतेदेखि जारी छ। नाटकका निर्देशक प्रवीण खतिवडा हुन्। चैत १८ सम्म चल्ने नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी लगायतको अभिनय छ। शनिवार दिउँसो साढे १ र बेलुका साढे ५ मा गरी नाटकका दुई पटक मञ्चन हुन्छ।

इशान र सविताको ‘कम्प्याटिबल थट्स’ (मिल्दो विचार)

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा कलाकार इशान परियार र सविता डंगोलको ‘कम्प्याटिबल थट्स (मिल्दो विचार)’ नामक चौथो चित्रकला प्रदर्शनी जारी छ। फागुन १९ (३ मार्च) गतेदेखि जारी प्रदर्शनी चैत १७ (३१ मार्च) सम्म चल्नेछ। प्रदर्शनीमा धार्मिक स्थल, प्राकृतिक स्रोत, सम्पदा, नेपालका पर्यटकीय स्थल, फेवाताल, सांस्कृतिक मठ मन्दिरलगायतका २२ पे्रमिल तस्बिर छन। प्रदर्शनीमा प्रवेश शुल्क लाग्दैन। तस्बिर अवलोकनका लागि बिहान ११ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ।

‘नेपाल क्र्याफ्ट  एन्ड आर्ट एक्सहिविसन’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा ‘नेपाल क्र्याफ्ट एन्ड आर्ट एक्सहिविसन’ चलिरहेको छ। प्रदर्शनीमा माइक क्राज्नियाकद्वारा बाँसबाट बनाइएका विभिन्न मौलिक सामग्रीहरु र टेक्साइल राखिएको छ। प्रदर्शनी हेर्न पैसा लाग्दैन। चैत ३ गतेदेखि सुरु भएको कला प्रदर्शनी चैत २४ गतेसम्म चल्नेछ।

अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव २०७९

पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा पाँचौँ ‘अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव-२०७९’ चलिरहेको छ। फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि जारी महोत्सव चैत १७ सम्म चल्नेछ। विभिन्न घटनाक्रमका साथै भूराजनीतिक तथा आर्थिक यथार्थका भाष्य र इतिहाससम्बन्धी तस्बिर त्यहाँ निःशुक हेर्न सकिनेछ।

महोत्सवमा प्रवेश शुल्क लाग्दैन। महोत्सवमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरका सिर्जना राखिएका छन्। उक्त तस्बिरहरु नेपाल, भारत, बंगलादेश, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायतलगायत देशका चर्चित फोटोग्राफरका फोटो प्रदर्शनीमा छन्। विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म अवलोकन गर्न सकिन्छ।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘छक्का पञ्जा ४’, ‘फूलबारी’ चलिरहेका छन्। त्यस्तै हिन्दीमा ‘मिसेस च्याटर्जी भर्सेस नर्वे’, ‘कब्जा’, ‘तु झुठी मे मक्कर (ए)’, र अंग्रेजीमा ‘जोन विक च्याप्टर ४’, ‘सा जम! फ्युरी अफ द गड’ प्रदर्शन भइरहेका छन्। साथै अन्य भाषा रहेको ‘डेमन स्लेयर : किमेत्सु नो याइबा – टु द स्वर्डस्मिथ भिलेज’ फिल्म पनि प्रदर्शनरत छ।

छक्का पञ्जा ४

फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीति विषयमा आधारित छ। हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मका थुप्रै सो छन्।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत गोंगबुस्थित लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुरको पाँगास्थित कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सिडिसी सिनेमाज, गोगंबुको बिजीमलस्थित बिएसआर मुभिज ‘छक्का पञ्जा ४’ चलिरहेका अन्य हल हुन्।

फूलबारी

फागुन ५ मा प्रदर्शनमा आएको ‘फूलबारी’ फिल्म पनि प्रदर्शनरत छ। पारिवारिक कथामा बनेको फिल्ममा मुख्य कलाकार विपिन कार्की र अरुणा कार्की छन्। अन्य कलाकार दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्केलगायत कलाकारको अभिनय छ। रामबाबु गुरुङको निर्देशन, उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कथा छ।

शनिबार बौद्धस्थित एफसीयूबीई सिनेमाजमा ‘फूलबारी’ फिल्मको सो छ।

मिसेस च्याटर्जी भर्सेस नर्वे

हिन्दी फिल्म ‘मिसेस च्याटर्जी भर्सेस नर्वे’ फिल्म नेपालमा चैत ६ गतेदेखि विभिन्न हलमा प्रदर्शन भइरहेको छ। बायोग्राफी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक अशिमा चिब्बर हुन्। फिल्ममा रानी मुखर्जी, जिम सर्भ र निना गुप्ता मुख्य भूमिकामा छन्।

फिल्म उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर र पुल्चोकस्थित लबिम मल र सुन्धाराको सीटीसी मलस्थित सिडिसी सिनेमाजमा प्रदर्शन भइरहेको छ।

जोन विक च्याप्टर ४

हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ चैत १० गतेदेखि नेपालका सिनेमा हलमा प्रदर्शनरत छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक चाद स्टहेल्स्की हुन्। फिल्ममा केइनु रिभ्स, डोनी येन, बिल स्कर्डगर्ड मुख्य भूमिकामा छन्।

यो फिल्म उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा बिहान साढे ७ बजेदेखि राति सवा ९ बजेसम्म फिल्मका थुप्रै सो छन्।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘जोन वीक च्याप्टर ४’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको गोंगबुस्थित लोत्से मल, रानीपोखरीस्थित जमलमा रहेको बिश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेपलेक्स, कीर्तिपुर पाँगास्थित कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सिडिसी सिनेमाज, गोगंबुको बिजीमलस्थित बिएसआर मुभिजमा पनि ‘जोन विक च्याप्टर ४’ चलिरहेको छ।

तु झुठी मे मक्कर

हिन्दी फिल्म ‘तु झुठी मे मक्कर’ फागुन २५ गतेदेखि नेपालसहित विश्वभर चलिरहेको छ। कमेडी जानरामा बनेको फिल्मका निर्देशक लभ रञ्जन हुन्। फिल्ममा रणवीर कपुर र श्रद्धा कपुर मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेमाक्स, सुन्धारामा रहेको सिभिल मल, पुल्चोकस्थित लबिम मल र क्यूएफएक्स भक्तपुरमा हेर्न सकिनेछ।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाज, न्युरोडस्थित रञ्जना सिनेपलेक्स, सुन्धाराको सीटीसी मलस्थित सिडिसी सिनेमाजमा ‘तु झुठी मे मक्कर’ फिल्म चलिरहेको छ।

अन्डरवर्ल्ड  का कब्जा

हिन्दीमा डबिङ गरिएको फिल्म ‘अन्डरवर्ल्ड का कब्जा’ चैत ३ देखि नेपालसहित विश्वभर प्रदर्शन भइरहेको छ। आर चन्द्रु निर्देशित फिल्ममा उपेन्द्र राय, सुदीप, श्रीया शरण मुख्य भूमिकामा रहेका छन्। फिल्म एक्सन क्राइम र ड्रामा जनरामा बनेको छ।

यो फिल्म उपत्यकामा सुन्धारामा रहेको सीटीसी मलस्थित सिडिसी सिनेमाजमा एक शो छ।

डेमन स्लेयर : किमेत्सु नो याइबा – टु द स्वर्डस्मिथ भिलेज

नेपाली सिनेमा हलमा चैत १० गते देखि फिल्म ‘डेमन स्लेयरः किमेत्सु नो याइबा- टु द स्वर्डस्मिथ भिलेज’ प्रदर्शन भइरहेको छ। फिल्म जापानिज एनिमी तथा एनिमेसन जनरामा बनेको छ। फिल्मका निर्देशक हारुओ सोटोजाकी हुन्। फिल्ममा जच एगुइलर, किरा बकल्यान्ड, ग्रिफिन ब्रुन्स, रे चेस मुख्य भूमिकामा छन्।

उपत्यकामा आज क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मका थुप्रै सो छन।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘डेमन स्लेयरः किमेत्सु नो याइबा- टु द स्वर्डस्मिथ भिलेज’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको गोंगबुस्थित लोत्से मल, रानीपोखरीस्थित जमलमा रहेको बिश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेपलेक्स, कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सीडीसी सिनेमाज, गोंगबुको बिजीमलस्थित बिएसआर मुभिज ‘डेमन स्लेयरः किमेत्सु नो याइबा- टु द स्वर्डस्मिथ भिलेज’ प्रदर्शन भइरहेका अन्य हल हुन्।

सा जम ! फ्युरी अफ द गड

अंग्रेजी फिल्म ‘सा जम ! फ्युरी अफ द गड’ १७ मार्चदेखि विश्वभर प्रदर्शनरत छ। डेबिड एफ सेन्डबर्गद्वारा निर्देशित फिल्म एक्सन एडेभेन्चर र कमेडी जनरामा बनेको छ। फिल्ममा कलाकार व्याक्रे लिभाई, हेलिन मिरेन, जाइमन हेन्सो, एडम ब्रोडी, मेइगन गुडलगायतको अभिनय छ। यो फिल्म उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत पुल्चोकस्थित लबिम मलमा एक सो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =