सहरमा आज

 टुँडिखेलमा कन्सर्ट, हलहरूमा थरीथरीका फिल्म

सुस्मिता बजगाईं ४ चैत २०७९ ५:५४
226
SHARES
 टुँडिखेलमा कन्सर्ट, हलहरूमा थरीथरीका फिल्म

काठमाडौँ- चैतको पहिलो शनिबार। फुर्सदमा हुनुहुन्छ? फिल्म, नाटक, सांगीतिक कार्यक्रम, चित्रकला प्रदर्शनीमध्ये कतै गएर मनोरञ्जन लिने सोचाइमा हो भने आउनुस् राजधानीमा केकस्ता कार्यक्रम हुँदैछन्? एकपटक नजर लगाऔँ।

सिनेमा हलमा नेपाली, हिन्दी, अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नाट्यघरमा विभिन्न नाटक मञ्चन भइरहेका छन्। विभिन्न चित्रकला, फोटोग्राफी महोत्सव, फिल्म फेस्टिभल पनि जारी छन्। साथै शनिबार दशरथ रंगशालामा विशेष कन्सर्ट आयोजना हुँदैछ।

‘कन्सर्ट फर अटिजम’

काठमाडौँको टुँडिखेलमा शनिबार सांगीतिक कार्यक्रम (कन्सर्ट) हुँदैछ। अटिजमबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाइटी र प्रख्यात नेपाली रक सांगीतिक समूह १९७४ एडीलगायतको सहकार्यमा सांगीतिक कार्यक्रम हुन लागेको हो।

दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति रहनेछ। बेलुका ५ बजेदेखि कन्सर्ट सुरु हुनेछ। कन्सर्टमा प्रवेश कुनै प्रवेश शुल्क लाग्ने छैन।

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल ‘निफ’

चैत २ गतेदेखि जारी ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ (निफ)’ को छैटौँ संस्करणको आज तेस्रो दिन हो। चैत ६ गतेसम्म चल्ने फेस्टिभलमा नेपालसहित ३५ देशका ९६ प्रतियोगी लामा, छोटा र डकुमेन्ट्री तथा एनिमेटेड फिल्म र विभिन्न फिल्मसँग सम्बन्धित सेसन चलिरहेको छ। फिल्म हेर्न ‘खल्ती एप’मार्फत टिकट लिनुपर्ने व्यवस्था छ। शनिबार प्रदर्शन हुने फिल्म यी हुन् –

‘बाघको बंगारा’

शनिबार बेलुका पौने ७ बजे ‘हेर्ने कथा’का टोली कमल कुमार र बिद्या चापागाईं निर्देशित ‘बाघको बंगारा’ को सो छ। क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको सुन्धारास्थित सिभिल मल र भक्तपुरस्थित राधेराधे हलमा प्रदर्शन हुनेछ।

‘राधा’

सुवर्ण थापा निर्देशित सामाजिक कथानक फिल्म ‘राधा’ सुन्धारास्थित सिभिल मलमा प्रदर्शन हुनेछ। फिल्ममा सृष्टि श्रेष्ठ र सौगात मल्ल मुख्य भूमिकामा छन्। दिउँसो साढे ३ बजे फिल्मको श्यामश्वेत संस्करणलाई निफमा प्रदर्शन गरिँदैछ। फिल्म छायांकनकै क्रममा निर्माण टिमले रंगीन र श्यामश्वेत गरी दुई संस्करणमा खिचेका थिए।

‘द स्यान्ड गेम’

मीरा खड्का निर्देशित छोटो फिल्म ‘द स्यान्ड गेम’ बिहान ११ बजे सुन्धारास्थित सिभिल मल र भक्तपुरस्थित राधेराधे भाटभटेनीको हलमा प्रदर्शन हुनेछ।

‘ह्वाट’

निफको छनोटमा परेको केशवबहादुर रायमाझीको निर्देशित स्क्रिन प्ले ‘ह्वाट’ सुन्धारास्थित सिभिल मलमा बिहान ११ बजेको सो छ। ‘ह्वाट’ मा सरिक खान र सुनिता रसाइलीको अभिनय छ।

शिल्पीमा ‘विमोक्ष’

बत्तीसपुतलीस्थत शिल्पी थिएटरमा ‘विमोक्ष’ मञ्चन भइरहेको छ। नाटककार घिमिरे युवराजद्वारा लिखित नाट्यपुस्तक ‘विमोक्ष’मा आधारित फागुन १७ गतेदेखि जारी छ। नाटकका निर्देशक प्रवीण खतिवडा हुन्।

चैत १८ सम्म चल्ने नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी लगायतको अभिनय छ। शनिबार दिउँसो साढे १ र बेलुका साढे ५ मा गरी नाटकका दुई पटक मञ्चन हुन्छ।

‘अ रेट्रोस्पेक्टिभ अफ एन आर्टिस्ट’ (रागिनीको चित्रकला प्रदर्शनी)

चित्रकार रागिनी उपाध्याय ग्रेलाको ‘अ रेट्रोस्पेक्टिभ अफ एन आर्टिस्ट’ नामक चित्रकला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा भइरहेको छ। ग्यालेरीकै आयोजनामा फागुन २४ गतेदेखि जारी चित्रकला प्रदर्शनी चैत ८ (२२ मार्च) सम्म चल्नेछ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो महिला कुलपतिसमेत रहेकी उपाध्यायले सन १९७८ देखि २०२३ सम्म कोरेकी विभिन्न चित्राकृतिहरु प्रदर्शनमा राखिएको छ। प्रदर्शनी विहान ११ बजेदेखि ५ बजेसम्म अवलोकन गर्न सकिनेछ।

इशान र सविताको ‘कम्प्याटिबल थट्स’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा कलाकार इशान परियार र सविता डंगोलको ‘कम्प्याटिबल थट्स’ नामक चौथो चित्रकला प्रदर्शनी भइरहेको छ। फागुन १९ (८ मार्च) गतेदेखि जारी प्रदर्शनी चैत १७ (३१ मार्च) सम्म चल्नेछ।

प्रदर्शनीमा धार्मिक स्थल, प्राकृतिक स्रोत, सम्पदा, नेपालका पर्यटकीय स्थल, फेवाताल, सांस्कृतिक मठ मन्दिरलगायतका  तस्बिर छन्। प्रदर्शनीमा प्रवेश शुल्क लाग्दैन। तस्बिर अवलोकनका लागि बिहान ११ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ।

अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव २०७९

पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा पाँचौँ ‘अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव-२०७९’ चलिरहेको छ। फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि जारी महोत्सव चैत १७ सम्म चल्नेछ।

विभिन्न घटनाक्रमका साथै भूराजनीतिक तथा आर्थिक यथार्थका भाष्य र इतिहाससम्बन्धी तस्बिर त्यहाँ निःशुक हेर्न सकिनेछ। महोत्सवमा प्रवेश शुल्क लाग्दैन। महोत्सवमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरका सिर्जना राखिएका छन्।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘छक्का पञ्जा ४’, ‘फूलबारी’ चलिरहेका छन्। त्यस्तै हिन्दीमा ‘कब्जा’, ‘तु झुठी मे मक्कर (ए)’ र अंग्रेजीमा ‘शाजम! फ्युरी अफ द गड’ र ‘कब्जा’ उपत्यकामा प्रदर्शन भइरहेका छन्।

‘छक्का पञ्जा ४’

फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीति विषयमा आधारित छ। हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा बिहान पौने ८ बजेदेखि राति ९ बजेसम्म फिल्मका थुप्रै सो छन।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालिमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको गोंगबुस्थित लोत्से मल, रानीपोखरीस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, कीर्तिपुर पाँगास्थित कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सिडिसी सिनेमाज, गाेंगबुँको बिजीमलस्थित बीएसआर मुभिज ‘छक्का पञ्जा ४’ चलिरहेका अन्य हल हुन्।

‘साजम! फ्युरी अफ द गड’

अंग्रेजी फिल्म ‘शाजम : फ्युरी अफ द गड’ १७ मार्चदेखि विश्वभर प्रदर्शनरत छ। डेबिड एफ सेन्डबर्गद्वारा निर्देशित फिल्म एक्सन एडेभेन्चर र कमेडी जनरामा बनेको छ। फिल्ममा कलाकार ब्याक्रे लिभाई, हेलिन मिरेन, जाइमन हेन्सो, एडम ब्रोडी, मेइगन गुडलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा बिहान सवा ६ बजेदेखि राति साढे ९ बजेसम्म फिल्मका थुप्रै सो छन।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालिमाटी ट्रेड सेन्टर, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाज, आइएनआइ सिनेमाअन्तर्गत उपत्यकाको गोंगबुस्थित लोत्से मल र बौद्धस्थित एफसीयूबीई सिनेमाजमा ‘शाजम! फ्युरी अफ द गड’ चलिरहेको छ।

दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाज, रानीपोखरीस्थित जमलमा रहेको बिश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेपलेक्स, कमलपोखरीको बिग मुभिज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सिडिसी सिनेमाज, गोगंबुको बिजीमलस्थित बिएसआर मुभिजमा प्रदर्शन भइरहेको छ।

‘तु झुठी मे मक्कर (ए)’

हिन्दी फिल्म ‘तु झुठी मे मक्कर (ए)’ मार्च ९ तारिख अर्थात फागुन २५ गतेदेखि नेपालसहित विश्वभर चलिरहेको छ। कमेडी जनरामा बनेको फिल्मका निर्देशक लभ रञ्जन हुन्। फिल्ममा रणवीर कपुर र श्रद्धा कपूर मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेमाक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, सुन्धारामा रहेको सिभिल मल, पुल्चोकस्थित लबिम मल र क्यूएफएक्स भक्तपुरमा विभिन्न सोमा हेर्न सकिनेछ।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालिमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाज, रानीपोखरीस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, कमलपोखरीको बिग मुभिजमा ‘तु झुठी मे मक्कर (ए)’ फिल्म चलिरहेको छ।

‘फूलबारी’

फागुन ५ मा प्रदर्शनमा आएको ‘फूलबारी’ले विभिन्न हलमा शो पाइरहेको छ। पारिवारिक कथामा बनेको फिल्ममा मुख्य कलाकार विपिन कार्की र अरुणा कार्की छन्। अन्य कलाकार दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्केलगायत कलाकारको अभिनय छ।

रामबाबु गुरुङको निर्देशन, उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कथा रहेको छ। शनिबार बौद्धस्थित एफसीयूबीई सिनेमाजमा ‘फूलबारी’ फिल्मको शो छ।

‘अन्डरवर्ल्ड  का कब्जा’

हिन्दीमा डबिङ गरिएको फिल्म ‘अन्डरवल्र्ड का कब्जा’ १७ मार्च अर्थात चैत ३ देखि नेपालसहित विश्वभर प्रदर्शन भइरहेको छ। आर चन्द्रु निर्देशित फिल्ममा उपेन्द्र राय, सुदीप, श्रीया शरण मुख्य भूमिकामा रहेका छन्। फिल्म एक्सन क्राइम र ड्रामा जनरामा बनेको छ।

यो फिल्म उपत्यकामा सुन्धारामा रहेको सीटीसी मलस्थित सिडिसी सिनेमाज, कमलपोखरीको बिग मुभिज र दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाजमा प्रदर्शन भइरहेको छ।

प्रकाशित: ४ चैत २०७९ ५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =