‘छक्का पञ्‍जा४’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ५ फागुन २०७९ १६:४७
18
SHARES
‘छक्का पञ्‍जा४’ को ट्रेलर सार्वजनिक

काठमाडौँ– फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो। सजाय भुक्तान गरेर कारागारबाट बाहिर निस्किँदै गरेका दीपकराज गिरी पछि नेता बनेको सिनलाई ट्रेलरमा देखाइएको छ।

हेमराज विसीको निर्देशन रहने फिल्म फागुन १९ मा प्रदर्शनमा आउनेछ। फिल्ममा दीपकराजसहित, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, वेदना राई, सुषमा निरौलालगायत कलाकारको अभिनय छ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

फिल्म नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप, अस्ट्रेलियालगायत देशमा एकैसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

दीपकराजको पटकथा रहेको फिल्ममा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन्। केही समयअघि सार्वजनिक भएको फिल्मको ‘दर्शन सलाम’ बोलको गीत यतिबेला चर्चामा छ।

हेर्नुस् भिडियो:

प्रकाशित: ५ फागुन २०७९ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =