चलचित्र ‘११:५५’ बन्ने

हिमाल प्रेस २१ मंसिर २०८० १९:२२
12
SHARES
चलचित्र ‘११:५५’ बन्ने 11 55 Event

काठमाडौँ- नेपाली चलचित्र ‘११:५५’ निर्माणको घोषणा गरिएको छ। आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्ने जानकारी गराइएको हो।

कलाकारसँगै पटकथा लेखकसमेत रहे अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको बताए। ‘क्राइम, सस्पेन्स र थ्रिलर विधालाई मिश्रण गरेर चलचित्रको पटकथा तयार भएको छ। अहिले आइरहेको भन्दा फरक गर्ने प्रयासमा यो समूह तयार गरिएको छ,’ उनले भने।

यसै चलचित्रमार्फत निर्देशकीय यात्रा प्रारम्भ गर्न लागेका निर्देशक पाण्डेले आफूलाई राम्रो दर्शकको रूपमा परिचय गराए। ‘म धेरै चलचित्र हेर्छु। विगत दुई दशकदेखि चलचित्र निर्माण गर्ने योजनाअनुरुप आफूलाई तयार गरिरहेको थिएँ,’ निर्देशक पाण्डेले भने, ‘यसमा कलाकारलाई नभई पात्रलाई दर्शकले स्मरण गर्नुहुनेछ। यसको हिरो नै कलाकार नभई कथा हो।”

अभिनेता महेश त्रिपाठीले पछिल्ला चलचित्रमा निर्वाह गरेको भूमिकाभन्दा भिन्न पात्र र विधा भएकाले सहकार्य सम्भव भएको बताए। ‘यसको विषयवस्तुमा नयाँपन हुनुका साथै कलाकारलाई दिइएको पात्र फरक छ। निर्देशक वा निर्माण समूह नयाँ देखिए पनि काम अनुभवीभन्दा कम छैन,’ अभिनेता त्रिपाठीले भने। अभिनेत्री श्रेष्ठले छायाँकन अगाडि भएको कार्यशालाले पात्रलाई जीवन्त बनाउन मद्दत गरेको बताइन्।

विचित्र फिल्मसको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा बन्ने चलचित्रको छायाँकन शनिबार राति ११:५५ बजेदेखि सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रकाशित: २१ मंसिर २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =