सहरमा आज

गुरुकुलमा ‘मार्क्स  फर्किए’, पाँच विदेशी फिल्मसँगको प्रतिस्पर्धामा ‘प्रेमा’ र ‘छक्का पञ्जा ४’

सुस्मिता बजगाईं १८ चैत २०७९ ६:२६
152
SHARES
गुरुकुलमा ‘मार्क्स  फर्किए’, पाँच विदेशी फिल्मसँगको प्रतिस्पर्धामा ‘प्रेमा’ र ‘छक्का पञ्जा ४’

काठमाडौँ- आज अप्रिल फुल अर्थात् मुर्ख दिवस। आफन्त साथीभाईलाई झुट बोलेरमात्रै यो दिवस मनाउनुपर्छ भन्ने छैन। शनिबार परेकाले फुर्सद भएमा फिल्म हल, थिएटर र आर्ट ग्यालरीमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागी भएर मनोरञ्जन लिन सकिन्छ। कुन-कुन ठाउँमा केकस्ता फिल्म, नाटक, चित्रकला प्रदर्शनी भइरहेका छन् त?

गुरुकुलमा ‘मार्क्स फर्किए’

नयाँ बानेश्वरको थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन भइरहेको छ।

चैत १७ गतेदेखि मञ्चन सुरु भएको नाटक दोस्रोपटक मञ्चन भएको हो। यसअघि २०७६ सालमा मञ्चन गरिएको थियो। नाटक वैशाख ९ गतेसम्म चल्नेछ। अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’ को नेपाली संस्करणको नेपाली अनुवाद प्रवीण खतिवडाले गरेका हुन्।

नाटकको परिकल्पना तथा निर्देशक सुनिल पोख्रेल र प्रवीण खतिवडा हुन्। नाटकमा कार्ल मार्क्सले एक सय ४० वर्षअघि बिताएको जीवनलाई प्रस्तुत गरिएको छ। कार्ल मार्क्सको भूमिकामा निर्देशक पोखरेल र पत्नीको भूमिकामा निशा शर्मा छिन्।

अन्य कलाकारमा गुरुकुल नाटकघरका विद्यार्थी छन्। सोमबारबाहेक प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको पनि सो छ।

मण्डलामा ‘यौटा सपनाको अवसान’

थापागाउँस्थित मण्डला थिएटरमा चैत १० गतेदेखि ‘यौटा सपनाको अवसान’ मञ्चन भइरहेको छ। अनुप बरालको परिकल्पना र निर्देशन रहेको नाटक अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो। आर्थर मिलरद्वारा लिखित यस नाटकलाई कवि विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।

वैशाख १० सम्म चल्ने नाटकमा कलाकार शेखर चापागाईं, मेनुका प्रधान, दीया मास्के, दिव्य देव, सन्देश शाक्य, सारा जे अधिकारी, रोय, जीवन गौतम, अभिषेक खड्का, बिशाल पुलामीलगायतको अभिनय छ।

नाटक प्रत्येक हप्ताको सोमबारबाहेक हरेक साँझ सवा ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे र बेलुका ५ बजे गरी दुई सो छन्।

शिल्पीमा ‘विमोक्ष’

बत्तीसपुतलीस्थत शिल्पी थिएटरमा ‘विमोक्ष’ मञ्चन भइरहेको छ। नाटककार घिमिरे युवराजद्वारा लिखित नाट्यपुस्तक ‘विमोक्ष’ मा आधारित फागुन नाटक १७ गतेदेखि जारी छ। नाटकका निर्देशक प्रवीण खतिवडा हुन्। चैत १८ सम्म चल्ने नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी लगायतको अभिनय छ। शनिवार दिउँसो साढे १ र बेलुका साढे ५ मा गरी नाटकका दुई पटक मञ्चन हुन्छ।

‘नेपाल क्र्याफ्ट एन्ड आर्ट एक्जिबिसन’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा ‘नेपाल क्र्याफ्ट एन्ड आर्ट एक्जिबिसन’ चलिरहेको छ। प्रदर्शनीमा माइक क्राज्नियाकद्वारा बाँसबाट बनाइएका विभिन्न मौलिक सामग्री र टेक्साइल राखिएका छन्। नि:शुल्क हेर्न पाइने प्रदर्शनी चैत २४ गतेसम्म चल्नेछ।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘प्रेमा’, ‘छक्का पञ्जा ४’ चलिरहेका छन्। ‘भोला’ र ‘दसरा’ सहरका हलमा चलिरहेको हिन्दी फिल्म हुन् भने अंग्रेजी फिल्म ‘डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ्ग थिभ्स’, ‘जोन विक च्याप्टर ४’ प्रदर्शन भइरहेका छन्। साथै ‘डेमन स्लेयर : किमेत्सु नो याइबा – टु द स्वर्डस्मिथ भिलेज’ पनि प्रदर्शनरत छ।

प्रेमा

चैत १७ गतेदेखि फिल्म ‘प्रेमा’ देशभर प्रदर्शन भइरहेको छ। गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ। फिल्ममा अरुण क्षेत्री, सुभेक्षा खड्का र सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर र पुल्चोकस्थित लबिम मलमा फिल्मको सो छन।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमामा ‘प्रेमा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाका गोंगबुस्थित लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सीडीसी सिनेमाज, गाेंगबुको बिजीमलस्थित बीएसआर मुभिजमा ‘प्रेमा’ चलिरहेको छ।

छक्का पञ्जा ४

फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीति विषयमा आधारित छ। हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मका सो छन्।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सीडीसी सिनेमाज, गोंगबुको बिजीमलस्थित बिएसआर मुभिज ‘छक्का पञ्जा ४’ चलिरहेका अन्य हल हुन्।

दसरा

श्रीकान्त ओडेला निर्देशित हिन्दी डबेट साउथ फिल्म ‘दसरा’ नेपालका मल्टिप्लेक्सका विभिन्न चैत १६ गतेदेखि हलमा प्रदर्शनरत छ। एक्सन, एड्भेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा नानी, सुरेश किर्थीलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मका थुप्रै सो छन्।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमा ‘दसरा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाका लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सीडीसी सिनेमाज, गोंगबुको बिजीमलस्थित बीएसआर मुभिजमा ‘दसरा’ प्रदर्शन भइरहेका अन्य हल हुन्।

भोला

हिन्दी फिल्म ‘भोला’ चैत १६ गतेदेखि नेपालका विभिन्न मल्टिप्लेक्सका हलमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेन्चर र क्राइम जनरामा बनेको फिल्मका निर्देशक अजय देवगन हुन्। फिल्ममा निर्देशक अजयसहित टाबु, सञ्जय मिश्रलगायतको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मका थुप्रै सो छन्।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालिमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमामा ‘भोला’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाज, सुन्धाराको सीटीसी मलस्थित सीडीसी सिनेमाज, गोंगबुको बिजीमलस्थित बीएसआर मुभिज ‘भोला चलिरहेका अन्य हल हुन्।

डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स

अंग्रेजी फिल्म ‘डन्जेन्स एन्ड ड्रागन्स : अनर एमङ थिभ्स’ नेपाली हलमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेन्चर र फन्टासी जनरामा बनेको फिल्मको निर्देशक जोन फ्रान्सिस डेली र जोननाथ गोल्डस्टेन हुन्।

शनबिार उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मका थुप्रै सो छन।

वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल, बौद्धस्थित एफसीयूबीई सिनेमाज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमा, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेपलेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, गोंगबुको बिजीमलस्थित बिएसआर मुभिजमा पनि यो फिल्म प्रदर्शनरत छ।

जोन विक च्याप्टर ४

हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ चैत १० गते अर्थात २४ मार्चदेखि नेपालका सिनेमा हलमा प्रदर्शनरत छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक चाद स्टहेल्स्की हुन्। फिल्ममा केइनु रिभ्स, डोनी येन, बिल स्कर्डगर्ड मुख्य भूमिकामा छन्।

क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा यो फिल्मका थुप्रै सो छन।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, दरबारमार्गको राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘जोन विक च्याप्टर ४’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत गोंगबुस्थित लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनप्पलेक्स, सुन्धाराको सीटीसी मलस्थित सीडीसी सिनेमाज, गाेंगबुको बिजीमलस्थित बिएसआर मुभिजमा पनि ‘जोन विक च्याप्टर ४’ चलिरहेको छ।

‘डेमन स्लेयर : किमेत्सु नो याइबा – टु द स्वर्डस्मिथ भिलेज’

नेपाली सिनेमा हलमा चैत १० गते अर्थात् २४ मार्चदेखि साउथ फिल्म ‘डेमन स्लेयर : किमेत्सु नो याइबा- टु द स्वर्डस्मिथ भिलेज’ प्रदर्शन भइरहेको छ। फिल्म जापानिज एनिमी तथा एनिमेसन जनरामा बनेको छ। फिल्मका निर्देशक हारुओ सोटोजाकी हुन्। फिल्ममा जच एगुइलर, किरा बकल्यान्ड, ग्रिफिन ब्रुन्स, रे चेस मुख्य भूमिकामा छन्।

उपत्यकामा शनिबार  क्यूएफएक्स सिनेमाघरअन्तर्गत पुल्चोकस्थित लबिम मल र बौद्धस्थित एफसीयूबीई सिनेमाजमा फिल्मको एक-एक सो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =