‘यौटा सपनाको अवसान’को प्रिमियर शो आज

हिमाल प्रेस १० चैत २०७९ ११:३७
18
SHARES
‘यौटा सपनाको अवसान’को प्रिमियर शो आज

काठमाडौँ- आज (शुक्रबार) नाटक ‘यौटा सपनाको अवसान’को प्रिमियर शो हुनेछ। शो काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा बेलुका ५ बजे हुने भएको छ।

एक्टर्स स्टुडियो र मण्डला थिएटरको सहकार्यमा नाटक मञ्चन हुनेछ। नाटकको निर्देशन र परिकल्पना अनुप बरालको रहेको छ।

चैत १० देखि वैशाख १० सम्म मञ्चन हुने नाटक अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो, ‘यौटा सपनाको अवसान’। आर्थर मिलरद्वारा लिखित यस नाटकलाई कवि विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।

प्रकाशित: १० चैत २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =