जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

हिमाल प्रेस ८ चैत २०७९ ६:५७
6
SHARES
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्नेछ।

वैशाख १० मा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।

गत मंसिर ४ मा जसपाबाट तत्कालीन केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

चैत ३ मा उपराष्ट्रपति बनेपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। यो क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ।

बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आज छलफल हुनेछ। यो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ। उपेन्द्र गत मंसिरको चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए।

 

प्रकाशित: ८ चैत २०७९ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =