काठमाडौँ महानगरपालिकाले न्यायिक सम्मेलन गर्ने

हिमाल प्रेस ७ चैत २०७९ ९:१८
2
SHARE
काठमाडौँ महानगरपालिकाले न्यायिक सम्मेलन गर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

काठमाडौँ महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलन हुन लागेको न्यायिक समितिको संयोजक एवं काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

उनका अनुसार सम्मेलन चैतको १५ र १६ गते हुनेछ।

‘देशभर स्थानीय तहका न्यायिक समितिहरूमा के कस्ता कामहरू भइरहेका छन् र काम गर्दा के कस्ता चुनौती छन्। त्यसबारे चर्चा हुनेछ,’ उनले भनिन्, ‘कानुनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइहरू आइरहेको हुन्छ। भएको कानुनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा गर्नेछौँ।’

उपप्रमुख सुनिताका अनुसार सम्मलेनका लागि ७५२ वटा स्थानीय तहलाई नै निमन्त्रणा गरिएको छ। जसमा २१५ स्थानीय तहले सम्मेलनमा सहभागी हुने जानकारी गराइसकेका छन्।

यस्तै स्थानीय तहका पूर्व उपमेयहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्।

 

प्रकाशित: ७ चैत २०७९ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =