अनि कांग्रेससँग ‘लभ’ पर्‍यो : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ६ चैत २०७९ १७:५०
40
SHARES
अनि कांग्रेससँग ‘लभ’ पर्‍यो : प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, संविधान र उपलब्धिको रक्षाका लागि पुरानै गठबन्धनमा फर्किनुपरेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै एमालेबाट शान्ति, संविधान र उपलब्धिको रक्षाको सम्भावना नदेखेपछि आफू पुरानै गठबन्धनमा फर्किनुपरेको बताएका हुन्।

उनले आफूलाई पदको लोभ नभएर संविधान, शान्ति, लोकतन्त्रको रक्षाका लागि दुई महिनामै कांग्रेससँगको गठबन्धनमा फर्केको बताए। प्रचण्डले आफू एमाले खोज्दै बालकोट नगएको भन्दै एमालेले नै आफूलाई खोज्दै आएको पनि बताए। दुईपल्ट केपी ओलीलाई प्रधानमन्त्री बनाएको भन्दै एउटा तिरेको र अर्को बाँकी नै रहेको प्रचण्डको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले पुस १० गते भएको सहमति विपरित ओलीले संविधान विघटनलगायत विषयमा बोलेका कारण कांग्रेससँग लभ परेको उल्लेख गरे। ‘कांग्रेससँगको लभ पदका लागि नभएर प्राप्त उपलब्धि रक्षाका लागि नै हो,’ उनले भने।

एजेण्डकै कारण अहिलेको गठबन्धन टिक्ने र पटकपटक विश्वासको मत लिने अवस्था नआउने प्रधानमन्त्री प्रचण्डले दाबी गरे।

प्रकाशित: ६ चैत २०७९ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =