‘नेपाल गोल्ड’ ब्राण्डमा सत्यदीपको लुब्रिकेन्ट र ग्रिज बजारमा आउँदै

हिमाल प्रेस ६ चैत २०७९ १७:०१
6
SHARES
‘नेपाल गोल्ड’ ब्राण्डमा सत्यदीपको लुब्रिकेन्ट र ग्रिज बजारमा आउँदै

काठमाडौँ- अटोमोबाइल पार्ट्स र अन्य व्यवसाय क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले ‘नेपाल गोल्ड’ ब्राण्डमा लुब्रिकेन्ट र ग्रिज बजारमा ल्याउने भएको छ। यसअघि खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन गर्दै आएको सत्यदीपले एसबी ग्रुपसँगको सहकार्यमा ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गेर्न भएको हो।

उक्त दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ।

नयाँ वर्ष २०८० को वैशाखदेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले प्लान्टका सबै संरचना तयार भइसकेकाले वैशाखदेखि दुवै उत्पादन बजारमा आउने बताए। ‘सबै संरचना निर्माणको कार्य पूरा भइसकेको छ। वैशाखदेखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ,’ उनले भने, ‘हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको तयारीमा छौँ।’

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ। सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहने कम्पनीले जानकारी दिएको छ। त्यस्तै २ हजार केएल लुब्रिकेन्ट स्टोरेज क्षमता रहेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार दैनिक १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिनेछ। त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन्।

बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनभन्दा नेपालमै उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दाबी छ। अन्तर्राष्ट्रिय रूपमा उपलब्ध हुने एपीआईलगायत विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा कम्पनीको भनाइ छ। लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चापदार्थ सबै गुणस्तरीय हुने कम्पनीको भनाइ छ।

उक्त उद्योग स्थापनाका लागि करिब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। ‘हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका छौँ’ एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफले भने।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेको र अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेको उनको भनाइ छ।

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्ने तयारी छ। बजारमा २५० एमएलदेखि २१० लिटरसम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउने तयारी कम्पनीको छ। नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भएपछि पहिलो चरणमा करिब ५० जनाले रोजगारी पाउने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =