६० करोड लगानीमा लुब्रिकेन्ट प्लान्ट खोल्दै गोल्छा ग्रुप

हिमाल प्रेस १९ जेठ २०८० ११:४८
22
SHARES
६० करोड लगानीमा लुब्रिकेन्ट प्लान्ट खोल्दै गोल्छा ग्रुप

काठमाडौँ– गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एन्ड कम्पनीले लुब्रिकेन्ट प्लान्ट खोल्ने भएको छ।

यसका लागि गोल्छा ग्रुपले इन्डियन आयलको पूर्णस्वामित्व रहेको इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गर्ने सम्झौता गरेको छ।

प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुनेछ। यसमा दुवै कम्पनीले ५०/५० प्रतिशत लगानी गर्नेछन्। पहिलो चरणमा लगभग ६० करोड लगानी हुने गोल्छा ग्रुपले जानकारी दिएको छ।

गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा थपेको बताए।

‘हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षेत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =