सडक खाली नगराई राष्ट्रपति पौडेलले गरे कुमारीको दर्शन

हिमाल प्रेस ४ चैत २०७९ १८:०२
8
SHARES
सडक खाली नगराई राष्ट्रपति पौडेलले गरे कुमारीको दर्शन

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन्।

अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गरेका हुन्। सडक खाली नगरी राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न गएको कार्कीले बताए।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका छन्।

राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिएका हुन्। यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =