दुर्गा प्रसाईंले चलाएको अभियान राष्ट्रघाती : ओली

हिमाल प्रेस ३ चैत २०७९ १७:२६
12
SHARES
दुर्गा प्रसाईंले चलाएको अभियान राष्ट्रघाती : ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अराजक भिडलाई कारबाही गर्न नसकेको बताएका छन्। विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

व्यवसायी दुर्गा प्रसाईंले चलाएको अभियान राष्ट्रधाती भएको ओलीको भनाइ छ। एमाले नेतृत्वको सरकार बाहिरिएपछि देशको अर्थतन्त्र बेहाल अवस्थामा पुगेको उनले दाबी गरे।

‘एमाले सरकारबाट हटेको डेढ वर्षमा अर्थतन्त्र र सामाजिक अवस्था कहाँ पुग्यो? अहिले देशको बेहाल अहिले त अचम्म लाग्छ सरकारको नोटिसमा छ कि छैन?,’ उनले दुर्गा प्रसाईंको अभियानलाई संकेत गर्दै भने, ‘एक, दुई हुँदै एक हुल मान्छे कुद्छ। के मान्छेलाई थपडी बजाउन पठाइन्छ। यो देश सार्वभौम सत्ता स्वतन्त्र राष्ट्र राख्नभन्दा विदेशीलाई बुझाइदियो भने साग सस्तो पाइन्छ। साइकल सस्तो पाइन्छ। कि यो देश राख्ने भन्छ। सरकारले किन सुन्दैन?’

उनले व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै देशद्रोहीको संज्ञा दिए। देशविरुद्ध अभियान हुँदा सरकार कानमा तेल हालेर बसेको ओलीले आरोप लगाए।

देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै उनले आपत्ति जनाए। व्यवसायी प्रसाईंका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने ओलीले चेतावनी दिए।

‘यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्न भन्दा विदेशीलाई बुझाई दियो भने, सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ। किन यो देश राख्ने भन्छ ? सरकार सुन्छ कि सुन्दैन ? यो देशको सन्तान भन्न पनि नसुहाउँने, देशद्रोही कुरा गरेर मान्छे हिँडी राख्या छ। सरकारले लगाएको हो कि नलगाएको हो ? सरकार सुन्छ कि सुन्दैन ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस्। शान्ति, सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस्। होइन भने जनताले प्रतिवाद गर्छ,’ उनले भने।

प्रसाईंले नेपालमा राजसंस्था फर्काउने र बैंकको ऋणको ब्याज मिनाहा गर्नुपर्ने भन्दै १ महिनादेखि अभियान चलाएका छन्।

प्रकाशित: ३ चैत २०७९ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =