काठमाडौँ- रेखा थापा र दयाहाङ राई अभिनीत फिल्म ‘नीरफूल’ आगामी जेठ १९ मा आउने भएको छ। कोरोना कारण स्थगित फिल्म आगामी जेठ १९ मा हलमा लाउने निर्माण टिमले बताएको हो। फुलमान बल निर्देशित फिल्म ७ चैत २०७६ मा प्रदर्शन हुने भनिए पनि कोरोना महामारीले रोकिएको थियो।
‘कोरोनाका कारण भत्किएका भवनको पुनःनिर्माण कार्य भएजस्तै फिल्मको विषयवस्तु मानिसका भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाण गर्दा ढिला भयो,’ निर्माण टिमले भनेको छ।
फिल्ममा दयाहाङ र रेखा थापाका साथै शान्ति वाइबा, बुद्धि तामाङ पनि देखिने छन्। फिल्ममा पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी सहायक भूमिकामा देखिनेछन्।
फिल्मलाई रुबी भ्याली र काठमाडौँ आसपासका क्षेत्रमा छायांकन गरिएको हो। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।