यस्तो छ आजको मौसम

हिमाल प्रेस ३० फागुन २०७९ ६:५८
2
SHARE
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ३० फागुन २०७९ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =