प्रचण्डविरुद्धको मुद्दाको पेसी शुक्रबारका लागि सारियो

हिमाल प्रेस २५ फागुन २०७९ १७:१६
2
SHARE
प्रचण्डविरुद्धको मुद्दाको पेसी शुक्रबारका लागि सारियो

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको पेसी शुक्रबारका लागि सारिएको छ।

बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको मुद्दा हेर्न नभ्याइएपछि शुक्रबारका लागि सारिएको हो।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा प्रचण्डविरुद्ध दुई रिट दर्ता गरिएका थिए।

प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका थिए। रिट दायर भएपछि सर्वोच्चले बिहीबारका लागि पेसी तोकेको थियो।

प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको छ।

प्रकाशित: २५ फागुन २०७९ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =