अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढंगले अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले

हिमाल प्रेस २४ फागुन २०७९ १२:३५
100
SHARES
अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढंगले अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेको अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

नेपाली कांंग्रेसले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्। उनले अर्थतन्त्रको संरचनागत सुधार सजिलो नभएको भन्दै आगामी अर्थमन्त्रीले अप्रिय निर्णय गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

उनले अर्थतन्त्रमा देखिएको समस्याको समाधान अब टालटुले नभएर निर्मम भएर जानुपर्ने अवस्था आएको बताएका छन्। उनले सरकारले अर्थतन्त्रको संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जाने भएको भन्दै आगामी सरकारले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

उनले अहिले सामाजिक सुरक्षामा सरकारको दायित्व बढ्दै गएको तथा सार्वजनिक खर्च बढेको तर सरकारी राजश्वमा न्युन देखिँदा खर्च कटौतिमा सरकार निर्मम हुनुपर्ने बताएका छन्। उनले सामाजिक सुरक्षामा ठूलो समस्या रहेको पनि बताए।

उनले सार्वजनिक खर्चमा निर्मम कटौति आवश्यक रहेको उल्लेख गरे। डा. वाग्लले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए। उनले खर्च र आम्दानीको खाडल पुर्न सरकारले अप्रिय निर्णय गर्नुपर्ने बताए।

उनले सुशासनका मुद्दामा सरकार गम्भीर नहुँदा अर्थतन्त्रको आन्तरिक सुधार हुन नसकेको दाबी गरे। उनले विदेशी मुद्रा सञ्चिति बढाउन विप्रेषण बाहेकका वैकल्पिक स्रोत खोज्नुपर्ने पनि बताए।

अर्थविद् वाग्लेले सार्वजनिक ऋणको साँवा ब्याज तिर्न ठूलो रकम खर्च भइरहेको तथा सरकार र निजी क्षेत्रबाट समेत परिचालन भएको ऋणको तुलनामा आर्थिक वृद्धिदर निकै न्युन देखिनु चिन्ताजनक रहेको बताए।

प्रकाशित: २४ फागुन २०७९ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =