सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुंगोमा पुर्‍याउन सरकारसमक्ष आयोगको आग्रह

हिमाल प्रेस २३ फागुन २०७९ १७:३१
सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुंगोमा पुर्‍याउन सरकारसमक्ष आयोगको आग्रह

काठमाडौँ– सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सम्बन्धित निकायलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ।

विगतमा दिएका सुझाव र अन्तर्राष्ट्रिय मान्यताबमोजिम हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न र यथाशीघ्र आयोगहरु गठन गरी यस विषयलाई छिटो टुङ्गोमा पुर्‍याउन आयोगले नेपाल सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको हो।

आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन समयमा अन्यायमा परेका द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने भनिएको १६ वर्ष पूरा भइसक्दा पनि कतिपय विषय टुङ्गोमा नपुग्नु चिन्ताजनक रहेको बताएको छ।

विगत केही दिनदेखि विभिन्न कोणबाट भइरहेको बहसका विषयमा आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २३ फागुन २०७९ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =