बाजुरा घटनामा आयोगले थाल्यो अनुसन्धान

हिमाल प्रेस ९ मंसिर २०७९ १८:५६
6
SHARES
बाजुरा घटनामा आयोगले थाल्यो अनुसन्धान

बाजुरा– राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरेको छ।

आयोगका प्रतिनिधि डा. टीकाराम पोखरेलका अनुसार यही मंसिर ४ गते भएको निर्वाचनमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरे।

घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली उक्त स्थानतर्फ प्रस्थान गरेको छ।

आयोगले अनुसन्धान गर्न गएकोे टोलीलाई आवश्यक सहयोग गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैसँग अनुरोध गरेको छ।

मतदानको दिन त्रिवेणी नगरपालिका-७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएपछि प्रहरीले फायरिङ गर्ने क्रममा गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो।

सोही घटनामा चेतन अएडीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। उक्त घटनापछि मतदान रोखिएको थियो। अहिलेसम्म पनि पुनः मतदान भएको छैन।

प्रकाशित: ९ मंसिर २०७९ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =