टाउकोको मूल्य तोक्ने समयमा पनि मानवअधिकार आयोगको काम प्रशंसायोग्य : सञ्चारमन्त्री

हिमाल प्रेस १९ साउन २०८० २०:२४
8
SHARES
टाउकोको मूल्य तोक्ने समयमा पनि मानवअधिकार आयोगको काम प्रशंसायोग्य : सञ्चारमन्त्री राष्ट्रिय मानव अधिकार आयाेगकाे कार्यालयमा शुक्रबार मानव अधिकार अभिलेख केन्द्रकाे अवलोकन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा । तस्बिरः माधवप्रसाद घिमिरे / रासस

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बाबजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छन्।

आयोगको कार्यालयमा आज (शुक्रबार) मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन पश्चात् मन्तव्य राख्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्त्वपूर्ण रहेको बताइन्।

‘साधनस्रोतको सीमितताका बाबजुद पनि आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ, चरम द्वन्द्वको समयमा सबै अप्ठ्यारोका बाबजुद पनि जुन भूमिका निर्वाह गर्दै आएको छ, यो आफैँमा महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘मानव सेवाको काम पनि हो भन्ने मलाई लाग्छ, यो पुण्य कामका आधारमा तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ। मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा आयोगले बोलिदिने कुराले महत्त्वपूर्ण प्रभाव पाथ्र्यो र राहत हुन्थ्यो।’

उनले मानवअधिकारलाई बाहिर भएका डकुमेन्टहरू पनि संकलन गरेर राख्न र अभिलेखलाई डिजिटलाइज गरेर राख्ने प्रबन्ध मिलाउन आग्रह गरिन्।

पूर्वप्रधानन्यायाधीश तथा आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आफ्नो सामथ्र्य र शक्तिलाई चिनेर काम गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरे।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि इलान्का मेडागान्डा लावेले राष्ट्रिय मानवअधिकार आयोगले गरेको यो कार्यका लागि बधाई दिँदै तथ्यांक संकलन र दस्तावेजीकरणको धेरै महत्त्वपूर्ण र गाह्रो काम गरेकोमा प्रशंसा व्यक्त गरे।

प्रकाशित: १९ साउन २०८० २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =