बालविकास शिक्षक संगठनको केन्द्रीय अध्यक्षमा थापा

हिमाल प्रेस २३ फागुन २०७९ १४:१९
974
SHARES
बालविकास शिक्षक संगठनको केन्द्रीय अध्यक्षमा थापा

काठमाडौँ- नेपाल बालविकास शिक्षक संगठन केन्द्रीय समितिको अध्यक्षमा कृष्णकुमारी थापा मगर सर्वसम्मत रूपमा चयन भएकी छन्। यो सामुदायिक विद्यालय प्रारम्भिक बालविकास तहमा कार्यरत शिक्षकहरूको छाता संगठन हो।

काठमाडौँमा सम्पन्न पाँचौँ केन्द्रीय महाधिवेशनबाट थापाको नेतृत्वलाई नै निरन्तरता दिने सहमति भएको हो। उनले बालविकासका शिक्षकको उन्नयनका विषयमा आवाज उठाउँदै आएकी छन्।

महाधिवेशनले वसन्त चौधरीलाई सल्लाहकारमा नियुक्त गरेको छ। वरिष्ठ सहअध्यक्षमा अम्बिका सुवेदी, सहअध्यक्ष गीता बटेला, वरिष्ठ उपाध्यक्ष अम्बिका गौतम, उपाध्यक्षमा कमला श्रेष्ठ, महासचिवमा विनु गिरी, सहसचिवमा चित्रा भट्टराई सर्वसम्मत रूपमा चयन गरिएको छ।

प्रकाशित: २३ फागुन २०७९ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =