‘कोशी प्रदेश’को विरोध जनाउँदै मोर्चाद्वारा बन्द घोषणा

हिमाल प्रेस २३ फागुन २०७९ ९:०४
132
SHARES
‘कोशी प्रदेश’को विरोध जनाउँदै मोर्चाद्वारा बन्द घोषणा

काठमाडौँ- कोशी प्रदेश नामाकरण गरेको विरोधमा किरात मोर्चाले आउँदो फागुन २६ मा बन्द घोषणा गरेको छ।

किरातहरूको उद्गमस्थल भएर पनि जनचाहनाविपरीत नामाकरण भएको भन्दै सशक्तविरोधसवरूप मोर्चाले बन्द घोषणा गरेको हो।

मोर्चाले विज्ञप्ति जारी गर्दै प्रदेश १ किरात सम्यता, इतिहास रहेको भए पनि हालको नेतृत्वले बेवास्ता गरेको बताएको छ। बन्दका दिन बजार, यातायातका साधन र शैक्षिक संस्था ठप्प पार्ने जनाइएको छ।

त्यसदिन एम्बुलेन्स, शवबाहना दमकलगायतका साधन भने चल्न दिने विज्ञप्तिमा उल्लेख छ। यदि बन्दको अपहेलना गरेमा आफूहरु प्रतिकारमा उत्रने र त्यसको जवाफदेही राज्य पक्ष नै हुनुपर्ने उल्लेख छ। किरात मोर्चाका केन्द्रीय अध्यक्ष मिसकहाङ किरातको विज्ञप्तिमा हस्ताक्षर छ।

प्रकाशित: २३ फागुन २०७९ ९:०४

प्रतिक्रिया

One thought on “‘कोशी प्रदेश’को विरोध जनाउँदै मोर्चाद्वारा बन्द घोषणा

  1. प्रदेश को नाम बिना पहिचान को राखियो यसमा सक्त बिरोध छ बन्द को दिन ससरीर उपस्थित भएर बिरोध गरिन्छ गर्छु /
    तिमि हरु राइ र लिम्बु अपुङ्गी छोटे राजा हौउ एक्ला एकलै लडेर पहिचानको नाम दिन्छु भन्छौ नि हुट्टीट्यउ ले आकाश थाम्छु भन्नु उस्तै हो हे पहिचानबादी मुर्ख नेता हरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =