उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ

हिमाल प्रेस १९ फागुन २०७९ २१:४८
उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ

पोखरा– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन्।

शुक्रबार पोखरामा प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागु भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरु हुने उनको भनाइ छ।

राष्ट्रिय स्वाधीननता र देशमा अर्थतन्त्रमा देखिएको संकटलगायतका समस्या समाधान गर्न न्यूनतम सहकार्य अनिवार्य रहेको उनले उल्लेख गरे।

‘देशमा विद्यमान समस्या समाधान गर्न दलबीच सहकार्य हुनुपर्दछ। अहिले सबै दललाई जुटाउन प्रयास गरेपनि जुट्न सकेन, एमाले र राप्रपा सहमत नहुँदा सरकारबाट बाहिरिएका छन्। यस अवस्थामा आठ दल बसेर सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने।

महासचिव गुरुङले आगामी राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनपर्यन्त सुरुवातदेखि अहिलेसम्म लोकतन्त्रको रक्षा र मुलुकको परिर्वतनका लागि लागि परेको उनले बताए।

फागुन २५ गतेको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित रहेको गुरुङको भनाइ छ।

प्रकाशित: १९ फागुन २०७९ २१:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =