नेम्बाङलाई मत माग्दै एमाले, नेपाल र लिङदेनलाई पनि भेट्दै

हिमाल प्रेस १८ फागुन २०७९ १०:०२
2
SHARE
नेम्बाङलाई मत माग्दै एमाले, नेपाल र लिङदेनलाई पनि भेट्दै

काठमाडौँ- नेकपा एमालेले राष्ट्रपतिमा सुवास नेम्बाङलाई उठाएको छ। कमजोर अंकगणित भएको एमालेले नेम्बाङलाई जिताउन सक्रियता देखाएको छ। आज दिनभर एमाले नेताहरूले नेम्बाङका लागि विभिन्न दलका उच्च नेतालाई भेट्ने भएका छन्।

नेम्वाङसहित एमालेका नेताहरू आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने कार्यक्रम छ।
बिहीबार(आज) बिहान ११ बजे नेम्बाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट्ने कार्यक्रम तय भएको छ।

नेम्वाङसँगै नेता विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङलगायत पनि एकीकृत समाजवादीको कार्यालयमा जानेछन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार दिउँसो १ बजे बसुन्धारास्थित कार्यालय पुगेर भेटवार्ता गर्ने र राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ। नेम्वाङसँगै नेता योगेश भट्टराईलगायत रास्वपा कार्यालयमा जानेछन्।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिहीबार दिउँसो २:३० बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर नेम्बाङसहित नेता योगेश भट्टराईलगायतले भेटवार्ता गर्ने कार्यक्रम छ। एमालेले राष्ट्रपतिमा मत माग्दै अभियान थालेको छ।

बुधबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमलाई भेटेका थिए। गौतमसँगको भेटमा नेम्बाङलाई मत हाल्न ओलीले आग्रह गरेका थिए। ओलीले आफ्नाे उम्मेदवार जिताउन विभिन्‍न दलका नेतालाई पत्र समेत लेखेका थिए।

प्रकाशित: १८ फागुन २०७९ १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =