माधव नेपाल भन्छन् : राजा चाहियो भन्ने एक ठाउँ र संविधानको रक्षा गरौँ भन्ने अर्को ठाउँमा छौँ

हिमाल प्रेस १५ फागुन २०७९ १६:०२
148
SHARES
माधव नेपाल भन्छन् : राजा चाहियो भन्ने एक ठाउँ र संविधानको रक्षा गरौँ भन्ने अर्को ठाउँमा छौँ

सुर्खेत– नेकपा (एकीकृत समाजवादी)का अध्यक्षमाधव कुमार नेपालले देशमा अहिले राजतन्त्र चाहिन्छ भन्ने र संविधानको रक्षा गरौँ भन्नेहरूबीच द्वन्द्व रहेको बताएका छन्। समाजवादी प्रेस संगठन सुर्खेतले विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले राजतन्त्र पुन:स्थापना गर्नुपर्ने भन्नेहरू एक ठाउँ र संविधानक रक्षा गर्नुपर्छ भन्नेहरू अर्को ठाउँमा रहेको बताएका हुन्।

उनले नेकपा एमालेमा वैचारिक अन्योलता रहेको पनि बताए। नेपालले राष्ट्रपतिमा भने आठ राजनीतिक दलको साझा उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुने दाबी पनि गरे।

राष्ट्रपतिकालागि नेकपा एमालेले सुवासचन्द्र नेम्बाङलाई अघि सारेको छ।

नेपालले आफूहरूले आँट गरेको खण्डमा राजनीतिकको कोर्ष नै परिवर्तन गर्न सकिने दाबी गरे। अध्यक्ष नेपालले विभिन्न समयमा आफूले आँट गरेकै कारण मुलुकको राजनीतिक कोर्ष परिवर्तन भएको पनि बताए।

सत्ता गठबन्धन एक भएर जान नसक्दा पार्टीहरू अलमलमा परेको उनले बताए ।वामपन्थीहरू एकजुट नहुँदासम्म देश विकास नहुने टिप्पणी पनि गरेका छन्।

अध्यक्ष नेपालले सत्ता प्राप्तिका लागि मात्रै नभई देशमा व्याप्त भष्ट्रचारविरुद्ध सुशान, विकास र समृद्धिको पक्षमा आफ्नो पार्टी लाग्ने बताए। आठ दलीय गठबन्धन आउँदो निर्वाचनसम्म टिक्ने उनको भनाइ छ।

विचार, सिद्धान्त मिल्ने पाटीसँग एकता गर्न सकिने बताउँदै उनले पार्टी विलय हुने गरी एकता र सहकार्य हुन नसक्ने बताए। नेपाल सोमबार पार्टी प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन्।

प्रकाशित: १५ फागुन २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =