प्रिमियर लिगमा चेल्सीको नवौँ हार

हिमाल प्रेस १४ फागुन २०७९ २१:५१
16
SHARES
प्रिमियर लिगमा चेल्सीको नवौँ हार

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार राति चेल्सीमाथि २–० को जित दर्ता गरेको छ। लन्डन डर्बीमा टोटनहमलाई जिताउन ओलिभर स्किप र ह्यारी केनले एक–एक गोल गरे। यो जितसँगै टोटनहमले चौथो स्थानमाथिको पकड बलियो बनाएको छ।

टोटनहमले २५ खेल खेल्दा ४५ अंक बटुलेको छ। जुन तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा चार अंकले कम र पाँचौँ स्थानको न्युकासल युनाइटेडको भन्दा चार अंक बढी हो। यद्यपि युनाइटेडले टोटनहमको भन्दा एक र न्युकासलले दुई कम खेल खेलेका छन्।

प्रशिक्षक एन्टोनियो कोन्टे शल्यक्रियापछि आराम गरिरहेकाले टिमको कार्यवाहक प्रशिक्षक रहेका क्रिस्टियन स्टेलिनीको नेतृत्वमा टोटनहमको यो लगातार दोस्रो जित हो। यसअघि टोटनहमले लन्डनकै वेस्टह्यामलाई २–० ले पन्छाएको थियो। फेब्रुअरी ५ मा टोटनहमले म्यानचेस्टर सिटीलाई स्तब्ध बनाउँदा पनि स्टेलिनीले नै टिम सम्हालेका थिए।

घरेलु मैदानमा टोटनहमले ४६ औँ मिनेटमा अग्रता लिएको थियो। दोस्रो हाफ सुरु हुन साथ मुभ बनाएको टोटनहमका एमरसन रोयलले गरेको प्रहार गर्ने मौका पाएका थिए। उनको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोके। तर केपाले पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेको बल स्किपले पाए। त्यसपछि उनले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

टोटनहमको दोस्रो गोल कर्नरमा सम्भव भएको थियो। ह्युङ मिन सनले प्रहार गरेको कर्नरबाट प्राप्त बललाई एरिक डायरले फ्लिक गर्दै ह्यारी केनलाई उपलब्ध गराएका थिए। त्यसपछि केनले हेडर गर्दै टोटनहमको अग्रता दोब्बर बनाए।

हारपछि चेल्सी १० औँ स्थानमा यथावत छ। ग्राहम पोर्टर नेतृत्वको टिमले २४ खेलबाट ३१ अंक जम्मा गरेको छ। चेल्सीका जारी सिजनको प्रिमियर लिगमा नवौँ पटक हारेको हो।

प्रकाशित: १४ फागुन २०७९ २१:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =