राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसमिति बैठक बस्दै

हिमाल प्रेस १३ फागुन २०७९ ७:१४
8
SHARES
राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसमिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ बजे बैठक बस्नेछ।

बैठकमा राष्ट्रपतिको उम्मेदवारसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ।

हिजो बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको संयुक्त बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको छ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल चलेको थियो।

यही २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको काम हुँदैछ।

 

प्रकाशित: १३ फागुन २०७९ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =