प्राकृतिक स्रोतमा किसान पहुँचविहीन

हिमाल प्रेस १२ फागुन २०७९ २१:३५
2
SHARE
प्राकृतिक स्रोतमा किसान पहुँचविहीन

काठमाडौँ- कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसान पहुँचविहीन रहेको निष्कर्ष निकालेका छन्। राष्ट्रिय किसान आयोगले शुक्रबार आयोजना गरेको कृषिको अध्ययनसम्बन्धी गोष्ठीमा विज्ञहरूले उक्त निष्कर्ष निकालेका हुन्। प्राकृतिक स्रोतमा किसानको पहुँच कायम गर्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन विज्ञहरूको सुझाव छ।

आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञहरू सम्मिलित संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो।

गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन तथा अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी आयोगले दिएको छ। डेव टेक नेपाल र नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलबाट गरिन लागेको सो अध्ययनबाट नेपाली कृषिमा बहुर्राष्ट्रिय कम्पनीको प्रवेशबाट भएको लाभ र चुनौती पत्ता लाग्ने अध्ययन टोलीका प्रमुख डा. सिद्धिगणेश श्रेष्ठले जानकारी दिए।

यसैगरी कृषि कार्यमा प्रयोग हुने प्राकृतिक स्रोत र साधनमा किसानको पहुँच बढाउन र अधिकार स्थापना गर्न ठोस कार्ययोजना बनाउनेबारे पनि अध्ययन हुनेछ। यसबाट प्राकृतिक स्रोतमा किसानको पहँुचबारे जानकारी प्राप्त हुनुका साथै त्यस्तो अधिकार बढाउन मद्दत पुग्ने अध्ययनकर्ता डा. नारायणबहादुर श्रेष्ठले जानकारी दिए।

आयोगका अध्यक्ष डा. प्रेम दंगलले प्राकृतिक स्रोतमा किसानको अधिकारबारे अध्ययन गर्दा खनिज पदार्थको प्रयोगको अधिकार समावेश गरिनुपर्ने बताए। अध्ययनकर्तालाई विषयवस्तुमा गहन तथा विस्तृत अध्ययन गरेर सुझाव दिन उनको आग्रह थियो। रासस

प्रकाशित: १२ फागुन २०७९ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =