बालुवाटारमा चार दलको निर्णायक बैठक सुरु

हिमाल प्रेस १२ फागुन २०७९ १८:०४
64
SHARES
बालुवाटारमा चार दलको निर्णायक बैठक सुरु

काठमाडौँ– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको छलफल बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको छलफलमा राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने र पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल भइरहेको छ।

यी चार दलका शीर्ष नेताबीच आजै बिहान पनि छलफल भएको थियो। राष्ट्रपति र अन्य शक्ति बाँडफाँटका विषयमा अहिलेको छलफलले अन्तिम टुंगो लगाउने बताइएको छ। बिहानको छलफलमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सहयोग गर्न सबै दललाई आग्रह गरेको थियो।

अन्य दलले भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेका थिए। त्यसपछि आन्तरिक छलफलका लागि दलहरू जुटेका थिए। आन्तरिक छलफलपछि दलहरू अहिले बालुवाटार भेला भएका हुन्।  चार दलको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलमा ओलीले एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ। प्रचण्डले भने राष्ट्रिय सहमतिमै जोड दिएका थिए।

प्रकाशित: १२ फागुन २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =