पूर्वमन्त्री रावलको अध्यक्षतामा पूर्वप्रदेशसभा सदस्य मञ्‍च गठन

हिमाल प्रेस १० फागुन २०७९ १८:४३
26
SHARES
पूर्वमन्त्री रावलको अध्यक्षतामा पूर्वप्रदेशसभा सदस्य मञ्‍च गठन मञ्‍च गठनपछि पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिँदै पूर्वप्रदेश सांसदहरू। तस्बिर- रमा सिंह/हिमाल प्रेस

सुर्खेत– कर्णाली प्रदेशसभाका पूर्वसांसदहरू रहने गरी पूर्वप्रदेशसभा सदस्य मञ्च गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको उक्त मञ्चको अध्यक्षमा पूर्वसामाजिक विकासमन्त्री दल रावल चयन भएका छन्।

कर्णाली प्रदेशसभाका सांसदहरूलाई दक्ष बनाउने, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्नेलगायत उद्देश्यसहित मञ्‍च गठन गरिएको बुधबार कर्णाली प्रदेशसभामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रावलले जानकारी दिए।

‘लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु साथै सांसदहरूलाई परामर्श दिने, कानुन निर्माणमा सहयोग गर्ने, कर्णाली प्रदेशसभालाई मर्यादित बनाउँदै सुदृढ गर्ने हाम्रो उदेश्यका साथ मञ्च गठन गरिएको हो,’ अध्यक्ष रावलले भने, ‘तीनै तहका लक्ष्य प्राप्तिमा योगदान दिनेदेखि विकास साझेदार संस्थाहरूसँग कर्णालीको विकासका लागि बहस पैरवी गर्नेसमेत उद्देश्य राखेका छौं।’

उनका अनुसार मञ्च, प्रदेशसभा र प्रदेश सरकारबीच आवश्यक सल्लाह सुझाव दिने र सातै प्रदेशमा मञ्च गठन गर्न लगाएर त्यसको छुट्टै संरचना निर्माण गर्ने तयारी भएको हो।

संस्थाको समितिको उपाध्यक्षमा नेपाली कांग्रेसका अमृता शाही, महासचिवमा नेकपा माओवादीका कृष्णा शाह, सचिवमा एमालेका पदमा खड्का, कोषाध्यक्षमा एमालेकै मिनासिंह रखाल छन्।

यस्तै सदस्यमा एमालेका करविर शाही, राजु नेपाली, नन्दसिंह बुढा, बद्यमीक्वारी बोहोरा छन भने माओवादीका रातो कामी र कांग्रेसका झोवा कामी सदस्य छन्।

संस्थामा आवद्ध पूर्वसदस्यहरूले वार्षिक रूपमा १ हजार सदस्यता नवीकरणका लागि दिनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यता वितरण गरिने अध्यक्ष रावलले जानकारी दिए। उनका अनुसार संस्थाको संरक्षकमा वर्तमानसभामुख तथा उपसभामुख रहेका छन् भने सल्लाहकारमा पूर्वमुख्यमन्त्री, पूर्वसभामुख, पूर्वउपसभामुख, पूर्वविपक्षी दलका नेता रहेका छन्।

प्रकाशित: १० फागुन २०७९ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =