आगामी तीन दिन हिमपातको सम्भावना

हिमाल प्रेस ७ फागुन २०७९ ७:२६
10
SHARES
आगामी तीन दिन हिमपातको सम्भावना तस्बिरः रासस

काठमाडौँ- आगामी तीन दिन देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) प्रदेश १ को उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो। सोमबार र मंगलबार भने देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हक्लाका हिमपातको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ फागुन ७ गते (आइतबार)

दिउँसोː प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ फागुन ८ गते (सोमबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ फागुन ९ गते (मंगलबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक-दुई स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन अनुरोध छ।

प्रकाशित: ७ फागुन २०७९ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =