रोबोटिक प्रोसेस अटोमेशनमा एभरेष्ट बैंक

हिमाल प्रेस ५ फागुन २०७९ २१:३५
10
SHARES
रोबोटिक प्रोसेस अटोमेशनमा एभरेष्ट बैंक

काठमाडौँ- एभरेष्ट बैंक र क्वीक फक्स कन्सल्टिङबीच रोबोटिक प्रोसेस अटोमेशन सम्बन्धी सम्झौता गरिएको छ। सोसँगै एभरेष्ट बैंकको रोबोटिक प्रोसेस अटोमेशन यात्रा सुरु गरिएको बैंकले बताएको छ। ‘एभरेष्ट बैंक निरन्तर रूपमा सबल हुन, प्रतिस्पर्धी रहन र आप्mना ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्ने सोचले आप्mनो अटोमेशन यात्रा सुरु गरेको हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले प्रदान गर्ने सेवाहरूमा अधिकांश प्रक्रिया दोहोरिने, प्रक्रियागत रूपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएकाले त्यसलाई सजिलो बनाउन रोबोटिक सम्झौता गरिएको बैंकको भनाइ छ। ‘धेरै मानव संशाधनहरू समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपले कतिपय कार्य समेत ढिलो तथा त्रूूटीपूर्ण हून सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ५ फागुन २०७९ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =