संघीयता बलियो पार्न प्रहरी प्रशासन प्रदेशमातहत ल्याइनुपर्छ : उपेन्द्र यादव

हिमाल प्रेस ३ फागुन २०७९ २१:४४
72
SHARES
संघीयता बलियो पार्न प्रहरी प्रशासन प्रदेशमातहत ल्याइनुपर्छ : उपेन्द्र यादव फाइल तस्बिर।

लुम्बिनी– जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताएका छन्।

जसपा जिल्ला समन्वय समिति रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको उनको भनाइ छ।

पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ। संघीयतालाई मजबुत बनाउन संघीय कानुन आवश्यक रहेको यादवले बताए। ‘प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छैन, प्रहरी प्रशासनबिना सरकार चलाउन कठिन हुन्छ। प्रदेशलाई मजबुत बनाउनुपर्छ,’ उनले भने।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेस आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै उनले संघीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन व्यवस्था लाद्ने प्रयास भइरहेको बताए।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन नभई केही सिटमा तालमेल मात्रै भएको स्मरण गराउँदै उनले पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने सहमति भएपछि गठबन्धनबाट जसपा बाहिरिएको उनले स्पष्ट पारे।

उनले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने उल्लेख गरे। गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएपछि कांग्रेससँग गठबन्धनबाट पार्टीलाई फाइदा नभएको उनले जिकिर गरे।

प्रकाशित: ३ फागुन २०७९ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =