राजतन्त्रलाई मसान घाट पुगेको ‘सामन्ती प्रेत’ भन्दै शंकर पोखरेलले भने : यसलाई जगाउने षडयन्त्र भइरहेको छ

हिमाल प्रेस २ फागुन २०७९ १५:२४
16
SHARES
राजतन्त्रलाई मसान घाट पुगेको ‘सामन्ती प्रेत’ भन्दै शंकर पोखरेलले भने : यसलाई जगाउने षडयन्त्र भइरहेको छ फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा विदेशी शक्तिहरूको चलखेल चलिरहेको बताएका छन्। आज मंगलबार काठमाडौँमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा विदेशी षडयन्त्र बढीरहेको बताएका हुन्।

‘नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल खेलिरहेका छन्। त्यो खेल असफल पार्न अनेरास्ववियुका योद्धाहरू देशभक्त योद्धाका रूपमा राष्ट्रिय राजनीतिमा अघि आउन जरुरी छ। स्वाधीनता र स्वाभिमान जोगाउन केपी ओलीले चाल्ने कदममा सबैले सहयोग गरौँ’ उनले भने।

महासचिव पोखरेलले नेपाली राजनीतिमा तीन प्रकारका चुनौती रहेको भन्दै ती समस्यामध्ये एक मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई जगाउने षड्यन्त्र भइरहेको बताए। उनले राजतन्त्रतर्फ इंकित गर्दै भने, ‘आज नेपाली समाजमा जुन प्रकारका समस्याहरू छन्। त्यो समस्याको जगबाट मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि ब्युँझ्याउने प्रयत्न भइरहेको छ। त्यसको खबरदारी गर्ने काम आजको अनेरास्ववियुले गर्नसक्नुपर्छ। लोकतन्त्रलाई संस्थागत गर्न हामी पहरेदार भएर उभिनेछौँ।’

प्रकाशित: २ फागुन २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =