सुदूरपश्‍चिम मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ ग्रहण शुक्रबार

हिमाल प्रेस २६ माघ २०७९ २०:०१
16
SHARES
सुदूरपश्‍चिम मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ ग्रहण शुक्रबार

धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार (आज) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेपछि ठूलो दलको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हु्न्।

शाहले शुक्रबार पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

बिहीबारको प्रदेशसभा बैठकमा सत्तासाझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मतमा बहुमत पुग्न नसकेको हो। रावल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =