नेपालसहित विदेशमा एकसाथ प्रदर्शन हुने ‘छक्का पञ्जा ४’

हिमाल प्रेस २६ माघ २०७९ १२:३९
16
SHARES
नेपालसहित विदेशमा एकसाथ प्रदर्शन हुने ‘छक्का पञ्जा ४’

काठमाडौँ- आगामी फागुन १९ मा प्रदर्शन हुने फिल्म ‘छक्का पञ्जा ४’ नेपालसहित विदेशमा एकै दिन लाग्ने भएको छ।

निर्माण टोलीले हिजो (बुधबार) फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा नेपालसहित विभिन्न मुलुकमा एकसाथ रिलिज हुने जानकारी दिएको छ।

फिल्म अमेरिका, जापान, बेलायत, युरोप, अस्ट्रेलियालगायत देशमा प्रदर्शनमा आउनेछ। हेमराज बिसीको निर्देशन रहेको फिल्म सामाजिक र राजनीतिक कथावस्तुमा आधारित छ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, वेदना राई, सुषमा निरौलालगायत कलाकारको अभिनय छ।

दीपकराज गिरीको पटकथा रहेको फिल्ममा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन्। केही समयअघि सार्वजनिक भएको फिल्मको ‘दर्शन सलाम’ गीत युट्युबको ट्रेन्डिङमा छ।

प्रकाशित: २६ माघ २०७९ १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =