जुममार्फत बस्दैछ माओवादीको केन्द्रीय कमिटीको बैठक

हिमाल प्रेस २६ माघ २०७९ ८:१७
2
SHARE
जुममार्फत बस्दैछ माओवादीको केन्द्रीय कमिटीको बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। दिउँसो ११ बजेदेखि जुम प्रविधिमार्फत बैठक बस्न लागेको माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए।

यसअघि माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँटसहित कार्ययोजना तय गरेको थियो।

यसअघिका स्थायी समिति बैठकका निर्णयलाई अनुमोदन गर्ने आजको बैठकको तयारी छ।

स्थायी समितिले पदाधिकारी हेरफेर र समसामयिक परिस्थितिका बारेमा निर्णय गरेको थियो। साथै आजको बैठकले पछिल्लो राजनीतिक घटनाका विषयमा पनि निर्णय लिने छ।

प्रकाशित: २६ माघ २०७९ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =