सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गर्ने चार बैंक कारबाहीमा

हिमाल प्रेस २५ माघ २०७९ १४:४६
14
SHARES
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गर्ने चार बैंक कारबाहीमा

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चार वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। तोकिएको मापदण्ड विपरीतको काम भएको भन्दै बैंक सुपरिवेक्षण विभागले चार बैंकलाई कारबाही र पाँच वटा बैंकलाई सचेत गराएको हो। राष्ट्र बैंकले चार वटा बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशिकाका उल्लंघन गरेकोमा कारबाही गरेको छ।

प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंक लिमिटेडलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन पालन नगरेका कारण कारबाहीमा परेका छन्। राष्ट्र बैंकले चारवटै बैंकलाई ५० लाखका दरले जरिवाना तोकेको छ। प्रभु बैंकले कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था पनि उल्लंघन गरेको छ। यो व्यवस्था उल्लंघन गरेकोमा भने राष्ट्र बैंकले प्रभुलाई सचेत मात्रै गराएको छ।

माछापुच्छ्रे बैंकले जोखिम भारित सम्पत्ति गणना नगरेको र पुँजीकोष पर्याप्तताको यर्थाथ विवरण पेस नगरेका कारण राष्ट्र बैंकले सचेत गराएको छ। त्यस्तै ऋण प्रवाह गरेपछि प्रिमियम दर बढाएको कारणले पनि माछापुच्छ्रेलाई सचेत गराइएको छ।

त्यस्तै सानिमा बैंकलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ। सानिमा बैंकले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन उल्लंघन गरेर सेवा सुविधा दिएको थियो। तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंक लिमिटेडलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ। दुवै बैंकले ऋण प्रवाह गरेपछि प्रिमियम दर बढाएका थिए।

नबिल बैंकले ग्राहक पहिचान (केवाईसी) सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकाले राष्ट्र बैंकले सचेत गराएको छ।

प्रकाशित: २५ माघ २०७९ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =