‘हाम्रो माग सुनुवाइ भएन सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ’

हिमाल प्रेस २४ माघ २०७९ १९:१९
8
SHARES
‘हाम्रो माग सुनुवाइ भएन सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ’ नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई आफ्नो पार्टीका सांसदले विश्वासको मत नदिने बताएकी छन्।

आफ्नो पार्टीले उठाएका मागबारे चासो नदिएपछि विश्वासको मत नदिने निर्णय गरिएको उनको भनाइ छ।

‘सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने वातावरण नै भएन,’ उनले भनिन्, ‘हाम्रो मागबारे चासो दिइएको छ माग सम्बोधन गर्छौँ भनेकै भएर हामीले अहिलेसम्म कुरिरहेका थियौँ। अब भने विश्वासको मत दिन सक्दैनौँ।’

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले बुधबार विश्वासको मत लिने कार्यसूची छ। सुदूरपश्चिममा ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। विश्वासको मत नपाए रावल स्वत:पदमुक्त हुनेछन्।

प्रकाशित: २४ माघ २०७९ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =