सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

हिमाल प्रेस २२ माघ २०७९ २०:११
6
SHARES
सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धनभित्रै बाट राष्ट्रपति बन्ने बताएका छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

सत्तारुढ दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सहमति भइसकेको उल्लेख गर्दै उनले यो सहमति कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

‘जो भए पनि गठबन्धनभित्रकै मान्छे राष्ट्रपति हुन्छ। गठबन्धनभित्रको सहमति पनि राष्ट्रपति एमालेलाई नै दिने हो। यसैमा राष्ट्रिय सहमतिको खोजी गरिनुपर्छ,’ उपमहासचिव गुरुङले भने, ‘राष्ट्रपति उम्मेदवारमा मेरो नाम चर्चामा आए पनि राष्ट्रपतिको दौडमा म छैन।’

सत्तारुढ दलहरूले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे।

प्रकाशित: २२ माघ २०७९ २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =