राष्ट्रपतिले माघ २७ गते संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

हिमाल प्रेस २२ माघ २०७९ १७:२८
6
SHARES
राष्ट्रपतिले माघ २७ गते संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गतेको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। प्रतिनिधिसभाको आइतबार बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन्।

उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद दुवै सदनका सांसदलाई २ः४५ बजे सभामा निर्धारित पोसाकमा उपस्थित हुन आग्रह गरेका छन्। राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

घिमिरेले भने, ‘माननीय सदस्यज्यूहरू! सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रवार दिनको ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु दिनको २ः४५ बजेभित्र प्रतिनिधिसभा बैठक सभा कक्षमा आफ्नो आसनग्रहण गरीदिनुहुन अनुरोध गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =